
हिमालको नाम बाट राखिएको दुइटा अञ्चल मध्ये एउटा धौलागिरी अञ्चल हो। पश्चिम नेपालका ३ अञ्चल मध्ये एक येस् अञ्चल्मा ४ जिल्ला हरु छन।झोलुङे पुलको जिल्ला भनेर चिनिने बाग्लुङ यस्को सदर्मुकाम हो। यस्का अरु जिल्लाहरुमा पर्बत्,म्याग्दी र मुस्ताङ पर्दछन। धौलागिरी अञ्चलले नेपालको धेरै बिसेशता बोकेको छ। मुस्ताङको मुक्तिनाथ,म्याग्दीको धौलागिरी हिमाल,बाग्लुङको कालिका मन्दिर यस् अञ्चलका मुख्य बिशेसता हुन। हरेक बर्ष हजारौं स्रद्धालु भक्तजनहरुले तिर्थ जाने मुक्तिनाथ हिन्दू धर्मावलम्बीहरुको प्रमुख तिर्थस्थलमा पर्दछ।हजारौ साल देखी बलिरहेको ज्योतिले मुक्तिनाथको शोभा बढेको छ। पर्यटकको आकर्शन को केन्द्र अन्नपूर्ण पदमार्ग विश्वका प्रमुख पदमार्ग मध्ये एक हो। बिश्वको सातौ अग्लो धौलागिरी हिमालको उपस्थितीले यस् अञ्चल को शोभा झन बढाएको पाईन्छ। ढोरपाटन सम्रक्षेण क्षेत्र सिकारको लागि प्रख्यात् छ। विश्वको गहिरो गल्छी कालिगन्डकी गल्छी म्याग्दी जिल्लामै पर्दछ। पर्यटकको आकर्शन को केन्द्र अन्नपूर्ण सम्रक्षेण क्षेत्र नेपालको ठुलो सम्रक्षित क्षेत्र हो।